अमेरिकामा गोलीकाण्डमा प्रहरी र बन्दुकधारीसहित पाँचको मृत्यु

215

एजेन्सी – अमेरिकाको मिसौरीमा प्रहरी र बन्दुकधारीबीच गोली हानाहान हुँदा पाँच जनाको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ। एक बन्दुकधारीले मिसौरीस्थित ग्यास स्टेसनमा गोली चलाएपछि प्रहरीले जवाफी कारबाही गरेको थियो।

सो घटनामा तीन जना सर्वसाधारणको पनि मृत्यु भएको स्प्रिङफिल्ड प्रहरी प्रमुख पल विलियम्सले जानकारी दिएका छन्। उक्त घटनामा एक प्रहरी अधिकारी र एक जना सर्वसाधारण घाइते भएको उनले जनाए ।

विलियम्सले भने, ‘आइतवार अबेर शहरमा गोली चलेको खवर प्रहरीमा आएको थियो। सोही क्रममा प्रत्यक्षदर्शीले एउटा कार कम एन्ड गो ग्यास स्टेसन एन्ड कन्भेनियन्स स्टोरमा ठोक्कीएको र एक बन्दुकधारीले स्टोरभित्र गएर ग्राहक तथा कर्मचारीलाई गोली प्रहार गर्न थालेको जनाए ।’

घटनास्थल पुगेका दुई प्रहरीमाथि बन्दुकधारीले गोली चलाएका थिए। त्यसपछि पुगेका प्रहरीले घाइते भएका उनीहरुलाइ बाहिर ल्याएका थिए । जहाँ तीन जना सर्वसाधारणको मृत्यु भइसकेको थियो। प्रहरी प्रमुख विलियम्सका अनुसार त्यतिबेलासम्म बन्दुकधारीको पनि मृत्यु भइसकेको थियो। उनले आफैँलाई गोली प्रहार गरेका थिए।

प्रहरी अधिकारी क्रिस्टोफर वेल्सको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको विलियम्सले जानकारी दिए। वेल्सले स्प्रिङफिल्ड प्रहरीमा साढे तीन वर्ष काम गरेको उनले बताए। घटनामा अर्का प्रहरी अधिकारी जोसिया ओभरटोन घाइते भएका छन्। घटनामा मारिएका सर्वसाधारणको भने तत्काल परिचय खुलाइएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here