दिवेस पोखरेलले दिए अमेरिकी आइडलमा फेरी पनि उत्साहजनक प्रस्तुती (भिडियो सहित)

173

काठमाडौं । अमेरिकी आइडलमा दमदार प्रस्तुती दिएर चर्चामा आएका नेपाली गायक दिवेस पोखरेलले अर्को उत्साहजनक प्रस्तुती दिएका छन् । पहिलो जसरी नै उनको यस प्रस्तुतीले पनि जज र उपस्थित दर्शकहरुले असाध्यै रुचाएका छन् ।
अमेरिकन आइडलले आफ्नो आधिकारिक युटुब च्यानलमा राखेको भिडियोमा दिवेश अडिसनमा छनोट भएपछि लस एन्जलसको हलिउड पुगेको देख्न सकिन्छ ।
जहाँ उनले अर्का एक प्रतिस्पर्धीलाई आफ्नो परिचय दिँदै आफू सगरमाथाको देश नेपालबाट आएको भनेका छन् ।
यसपछि उनले आफू गायकसहित गीत लेखक दुवैमा पर्ने जनाउनुका साथै दोस्रो प्रस्तुतीका लागि स्टेजतर्फ लाग्छन् जहाँ उनलाई जज र दर्शकहरुले उत्साहपूर्वक स्वागत गरेको देख्न सकिन्छ ।
नमस्ते भनेर अभिवादन गरिसकेपछि उनले पहिले जसरी नै गितार बजाउँदै ‘हार्ड टु ह्यान्डल’ नामक गीत गाउन सुरु गर्छन् र फेरि पनि जजहरुलाई आश्चर्यमा पार्छन् ।
यसरी प्रस्तुती पूरा भइसकेपछि पनि जज र अन्य सवैले फेरी गाउन आग्रह गरेको भिडियोमा देख्न सकीन्छ ।
जसकारण उनले थप केहीबेर गाउँछन् । स्टेज बाहिर पुगिसकेपछि उनले आफू दर्शक र जजहरुको मन रिझाउन सफल भएको जनाएका छन् ।
यता जजहरुले पनि दिबेसको प्रस्तुतीले विश्वचर्चित गायक बब मार्लीको याद दिलाएको भनि अन्तिमसम्म उनको प्रशंसा गरेका छन् । उनमा बब मार्लीको जस्तै ‘स्पिरिट’ भएको भन्दै उनीहरु उत्साहित भएका हुन् ।
अमेरिकन आइडलको १८ औँ सिजनमा पुग्न सफल दिवेशले एक महिनाअघि दिएको प्रस्तुतीलाई जजसमेत रहेकी लोकप्रिय गायिका क्याटी पेरीले ‘तिमी उत्कृष्ट छौ’ भन्ने हौसला बढाइदिएकी थिइन् ।
अर्का जज लुक ब्रायनले दिवेशलाई प्रतिभाशाली कलाकार भनेर तारिफ गरेका थिए । भने जज लियोनल रिचीले आगामी यात्राको शुभकामना दिएका थिए । दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा पाँचवर्षदेखि बस्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here