काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेडका ग्राहक महानुभावहरूलाई काठमाडौंस्थित गोकर्ण फरेष्ट रिसोर्टका विभिन्न सेवामा १५५ सम्म छुट उपलब्ध गराउने गरी बैंक र रिसोर्टबीच समझदारी भएको छ ।
यस योजना एक वर्षको लागि लागू हुने सम्बन्धमा बैंक र रिसोर्टको बीचमा समझदारी भएको छ । समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा रिसोर्टको तर्फबाट रुम डिभिजनका निर्देशक रोजिन सापकोटाले हस्ताक्षर गरेका थिए ।
उक्त समझदारी बमोजिम यस बैंकको डेबिटरक्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले होटलको फूड एण्ड बेभरेज आउटलेटहरू तथा हार्मोनी स्पा सेवा प्रयोग गरे वापत रकम भुक्तानी गर्दा कारोबार रकमको १५५ सम्म छुट पाउनेछन् ।
साथै यस बैंकका कर्मचारीहरूलाई पनि सो योजना अनुसारको छुट उपलब्ध हुनेछ । यसैगरी ग्राहक महानुभावहरूले बैंकसँग आबद्ध भएका देशभरका २,४०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतबाट सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।


















