एसियाका घनाढ्य ज्याक मालेले नेपाललाई स्वास्थ्य सामग्री दिदै

203

एजेन्सी – फोब्र्सको अर्बपतिको सूचीमा एसियाकै घनाढ्य हुन सफल ज्याक माले कोरोना भाइसर (कोभिड–१९) सँग जुध्नका लागि नेपाललाई पनि स्वास्थ्य सामग्री सहयोग गर्ने भएका छन् । उनले केही समय अगाडि अमेरिकालाई पनि मास्क र मेडिकल किट सहयोग गरेका थिए ।

उनले दिने सामग्रीमा १८ लाख मास्क, २,१०,००० टेस्ट किट, ३६,००० सुरक्षित पोशाक, केहि भेन्टिलेटर र थर्मोमिटर रहेका छन् । उनले आज शनिबार बिहान ट्वीट गर्दै यसको घोषणा गरेका हुन् । यद्यपी यो तत्काल पुर्याउन सहज नभएको तर पनि सम्पन्न गरिने उनले ट्वीटमा उल्लेख गरेका छन् । तर, कुन मुलुकलाई कति सामग्री दिइनेछ भन्ने विषयमा उनले केही उल्लेख गरेका छैनन् ।

उनको सहयोगको सूचीमा परेका मुलुकहरुमा अफगानिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, मालदिम्स, म्यानमार, पाकिस्तान र श्रीलंका पनि छन् । नेपाल सरकारले कोरोनाभाइरस टेस्ट किट लगायत अन्य सामग्रीको अभाव रहेको जनाउँदै आएको छ ।

अधिकारीहरूका अनुसार हाल काठमाडौंमा १५५ वटा भेन्टिलेटरसहितका सघन उपचार कक्ष (आईसीयू) छन् । त्यसबाहेक थप २३५ भेन्टिलेटर खरिद गर्ने प्रक्रिया बढाइएको र पुराना पनि मर्मत गर्ने तयारी थालेको अधिकारीहरुले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here