कोभिड १९ बाट दक्षिण एसियामा २७ को मृत्यु, दुई हजार संक्रमित

267

काठमाडौं – दक्षिण एसियामा कोरोना (कोभिड १९) भाइरसबाट २७ जनाको ज्यान गइसकेको छ ।

दक्षिण एसियाली देश मध्ये भारतमा सबैभन्दा धेरै १२ जनाको ज्यान गएको छ ।  साथै पाकिस्तानमा ८, बंगलादेशमा ५ र अफगानिस्तानमा २ जनाको ज्यान गएको छ ।

अाव विहानसम्म दक्षिण एसियामा संक्रमितको संख्या करिब हजार पुगेको छ । सबैभन्दा बढी पाकिस्तानमा १ हजार ६३ संक्रमित छन् । उनीहरू मध्ये २१ जना निको भइसकेका छन् । पाँच जना भने गम्भिर विरामी छन् ।

भारतमा ६६४, श्रीलंकामा १०२, अफगानिस्तानमा ८४ र बंगलादेशमा ३९ जनामा यो भाइरस भेटिएको छ । माल्दिभ्समा १३, नेपालमा ३ र भुटानमा पनि २ जनामा यो भाइरसको संक्रमण देखिएको छ ।