टुटल र पठाओको सेवा अनि वर्तमान कानुन

180

-महेन्द्रप्रसाद पोखरेल

केही बर्ष पहिला स्थापना भएको टुटल राईड श्यररिङ मोबाईल एप्स र हालै आएको बंगलादेशी कम्पनी पठाओ आ आफ्ना हजारौं ग्राहक बनाउंदै थियो।यि दुबै मध्य टुटल बढ रुचाईएको पनि थियो।मोबाईलमा एप्स डाउनलोड गरिसकेपछि आफ्नो व्क्तिगत विवरण भरेर टुटल तथा पठाओ राईड श्यरका लागी रिकवेस्ट गर्न सकिन्छ त्यसको केही समयमा त्यही प्रक्रियाबाट राईड पार्टनरहरुले पनि टुटल वा पठाओ पार्टनर बन्न एप्समा आफ्नो बिबरण भरेर कार्यलयमा गई भेरिफिकेसन गरिसकेकाका राईडरहरुले आफ्नो रिकवेस्ट हेरी राईड एसेप्ट गर्छन र उक्त ग्राहक सम्म गुगल म्याप वा फोन बाट पुगि ग्राहक उठाउंछन । टुटलको र पठाओको आ आफ्नै ग्राहक र नियमहरु छन ।राईड सकिएपछि किलोमिटरका हिसाबले पहिलो तिन किलोमिटरको ६० रुपैया देखी सोही एप्समा देखिए बमोजिम रकम दिन्छन र राईड सकिन्छ ।

सतही हेर्ने हो भने कतै जान लागेको मोटरसाईकल भएको मान्छे जांदै गर्दा आफ्नो बाटैमा कोही भेटे लिएर जांउ भन्ने मनसायले राईड रिक्वेस्ट एसेप्ट गर्ने बढि भेटिन्छन् । एउटा फरक कन्सेप्ट र पार्ट टाईम केही गरौं भन्नेहरुका लागी अत्यन्तै राम्रो मानिएको यो एप्स अहिले आएर विवादमा तानिएका छ ।

यातायात विभागका अनुसार नियमत रातो प्लेट भएका सवारीले यात्रु बोक्न पाईदैन । र मोटरसाईकलको प्लेट परिवर्तन गरि कालो प्लेट भने बनाउन पनि सकिदैन ।अहिले यसरी राईड शयर गर्नेहरुलाई प्रहरीले पक्रेर जरिवाना तिराउन थालेपछि यो एप्स करिब करिब बन्द हुने अवस्थामा आएको छ ।

साधरण भाषमा भन्दा यो कस्ट मात्र शयररिङ हो बास्तबिक रुपले यो एउटा लिफ्ट दिने र लिने प्रकृया हो जस्मा न्युनतम मात्र सेवा शुल्क लिने गरिन्छ ।प्रत्यक मोटरसाईकलमा थर्डपार्टी विमा पनि हुने गर्छ जस्ले दुर्घटना हुंदा त्यही विमा द्वारा उपचार तथा अन्य खर्च गर्न पनि सकिने हुन्छ ।कुरा रह्यो नियमको जहां जुन सवारी जे प्रयोजनका लागी दर्ता भएको छ त्यही प्रयोजनमा मात्र प्रयोग गर्न पाइने कुरा नियममा छ।

अब यति लगानी गरेर आफ्ना सेवा संचालन गरेका यि दुई कम्पनीका भविश्य र यस्का लाखौं ग्राहकलाई भने नोक्सान हुने पक्का छ।

नयाँ सोच र सुविधाका साथ स्थापना भएका नया कुराहरु हाम्रो असजिलो कानुनले गर्दा निरुतासाहीत हुदै गर्दा सम्भब भएसम्म निति नियमहरु सुधारेर जाने हो भने यस्ले सबैलाई समेट्ने थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here