सात प्रदेशका मुख्यमन्त्रीहरू बीच भिडिओ कन्फरेन्स गर्ने

202

काठमाडाैं – उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडिओ कन्फरेन्स गर्ने भएका छन्।

कोरोना भाइरस रोकथामका लागि भइरहेका प्रयास र आगामी योजनाबारे उपप्रधानमन्त्री पोखरेलले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्न लागेका हुन।

उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री कार्यालयमा रहेको वार रूमबाट दुई बजे सातै प्रदेशका मुख्यमन्त्रीसँग एकैपटक कुराकानी गर्न लागेको उपप्रधानमन्त्री पोखरेलका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले जनाएका छन् ।

पोखरेलले कोरोना रोकथाम र नियन्त्रणका लागि बनेको उच्चस्तरिय समन्वय समितिको बैठक समेत बोलाएका छन्।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा साँझ ५ बजेका लागि बैठक बोलाइएको श्रेष्ठले जानकारी दिए।

आज उपप्रधानमन्त्रीले कोरोना रोकथामका लागि बनेको स्वास्थ्य मन्त्रालयको टास्क फोर्ससँग १२ बजे छलफल गर्दैछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here