मेलम्ची नपाका स्थानीयले गरे बाटो बन्द

343

सिन्धुपाल्चोक – जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर १ भोटेचौर खाल्डेमा स्थानीयवासीले बाटो बन्द गराएका छन्।

प्रकोपका बेला ओहोरदोहोर बढी भएपछि स्थानीयवासीले रुख तेर्साएर बाटो बन्द गरेको स्थानीयवासी रमेश चौलागाईंले जानकारी दिए। अत्यावश्यक यातायातका साधन र व्यक्तिलाई भने अवरोध नगरिने  जनाइएकाे छ ।

सिन्धुपाल्चोकबाट काठमाडौँ ओहोरदोहोर गर्नेको संख्या निकै रहेको स्थानीयवासी जनाएका छन्। काठमाडौँ र सिन्धुपाल्चोकको नाकाको रुपमा रहेको भोटेचौरमा नगरपालिकाको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था नभएकाले रोगको संक्रमण बढ्न सक्ने भन्दै बाटो बन्द गरिएको स्थानीयवासीको भनाइ छ।

बाटो अवरुद्ध भएपछि इलाका प्रहरी कार्यालय मेलम्चीबाट प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए।

रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here