लकडाउनमा गरिबलाई खानाकाे व्यवस्था, चिकित्सकलाई जीवन विमा

104
जनकपुरधाम – प्रदेश २ सरकारले लकडाउन अवधिभर गरिव, तथा दैनिक ज्यालादारीमा खटने मजदुरलाई खानाको ब्यवस्था गर्ने भएको छ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले स्थानीय सरकारसंग समन्वय गरी लकडाउनको अवधिभर खानाको ब्यवस्था गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।
 बैठकबाट तत्कालै महानगरलाई २५ लाख, उपमहानगरलाई २०  लाख, नगरपालिकालाई १५ लाख र गाँउपालिकालाई १० लाखको दरले रकम पठाउने र सोही बरावरको रकम स्थानीय तहलाई समेत राख्न आग्रह गर्ने निर्णय गरिएको हो।
यसका लागि प्रत्येक स्थानीय तहमा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, स्थानीय समाजसेवी संस्थाहरु सम्मलित सर्वपक्षीय समिति गठन गरिने कार्यविधि बनाइएको छ।
सर्बदलिय बैठकमा मुख्यमन्त्री लालबाबु राउतसहितका मन्त्रीहरु ,काँग्रेस संसदीय दलका नेता राम सरोज यादव, नेकपाका नेताहरु शत्रुधन महतो, किशोरी साह कमल , विभिन्न मन्त्रालयका सचिवहरु समेतको सहभागिता रहेको बैठकमा कोरोनाको उपचारमा खटिने चिकित्सकहरुको जीवन विमाका साथै सत प्रतिशत प्रोत्साहन भत्ता समेत दिइने निर्णय गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here