एजेन्सी – अमेरिकामा मात्र कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार नाघेको छ । हालसम्म विश्वभरमा अमेरिकामा सबैभन्दा बढी संक्रमित संख्या रहेकोमा मृत्युको संख्यामा भने चौंथो स्थानमा छ ।
हालसम्म सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ । त्यहाँ ११ हजार ५ सय ९१ जनाको मृत्यु भइसकेको छ । स्पेनमा ७ हजार ७ सय १६, चीनमा ३ हजार ३ सय ५, फ्रान्समा ३ हजार २४, फ्रान्समा २ हजार ७ सय ५७ जनाको कोभिड १९ बाट मृत्यु भएको तथ्यांक छ ।


















