बिकसित मूलुकका नेपालीको चिन्ता नगरी बक्स्योस, मजदूरहरू नेपालमै अलपत्र

107

सिधा कुरा: महामहिम! अमेरिका,क्यानडा,युरोप,अष्टेलिया, जापान,कोरिया लगायत बिकसित मूलुकका नेपालीको चिन्ता नगरी बक्स्योस। नेपालका बिभिन्न जिल्लामा निर्माणको काम गर्न गएका मजदूरहरू लकडाउनमा अलपत्र परेकाहरू समस्यामा छन।ब्यस्थापनको लागि स्थानिय तहलाई निर्देशन दिने की?

यो व्यंग्यात्मक टिप्पणी हो नेकपा सांसद रामकुमारी झाक्रीको राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकामा कोभिड–१९ को सङ्क्रमण बढेसँगै त्यहाँ रहेका नेपालीको अवस्थाबारे चासो व्यक्त गरेको समाचार प्रकाशित भएपछी सांसद झाक्रीले नेपालमै लकडाउनले अलपत्र मजदूरहरूको बिषयमा चिन्ता नगरी बिकसित देशमा रहेका नेपालीको चिन्ता गरेको भन्दै गरेको ट्विटको।

सांसद झाक्रीले भने झैँ लकडाउनले नेपाल भित्र कयौ मजदूरहरू अलपत्र परेका छन्। त्यस्तै भारतबाट नेपाल फर्किने नेपालीले सिमा क्षेत्रमा नेपाल प्रवेशमा सरकारले रोक लगाएपछि उनीहरू तीन चार दिन देखी नेपाल फर्किन पाउ भन्दै भोक भोकै सिमा क्षेत्रमा नाराबाजी गरेका छन् तर उनीहरुलाई नेपाल प्रबेशमा सहजता दिन सराकर टसमस छैन ।

भारतमा विभिन्न ठाउँमा रोजगारीमा रहेका नेपालीहरू देश फर्कन पाउने आशामा दुई–तीनदिन लगाएर पैदलै सीमावर्ती धार्चुलासम्म आइपुगेका उनीहरु नेपाल प्रवेश नपाएपछि अहिले भारतीयको खाना खान बिबश छन्। तर ति मजदुरको बारेमा सोध्ने कोहि छैन उनीहरुको आवाज बोल्ने यो देशमा कोहि छैन।

यस्तो पिडा नेपाल बाहिरबाट आउनेहरुको मात्र होइन नेपाल भित्र पनि यस्तै छन्। अर्को जिल्लामा मजदुरी गर्ने मजदुरले घर फर्किन पाएका छैनन। कार्यक्षेत्रमा काम नहुँदा खल्तीमा दाम नहुँदा दैनिक मजदुरी गर्नेहरुले कसरी दिन रात कटाउन बिबश छन्।

चलचित्र बलिदानको एउटा गीतमा भनेजस्तै ‘गरिवको चमेली बोल्दिने कोहि छैन, कोहि छैन’ धनीलाई धन माथी धनै छ गरीवलाई चमेली ऋण माथी ऋण छ ” भएको छ।

बिदेशमा बस्ने नेपालीको बारेमा राष्ट्रपतिले चिन्ता गर्नु अस्वाभाविक हैन तर बिकसित देशमा रहेका नेपाली भन्दा आफ्नै देशमा रहेका र सरकारले तुरुन्त गर्न सक्ने नेपालीको चिन्ता गर्नु अलि राम्रो हुन्थ्यो कि ? ताजा खबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here