अमेरिकामा कोरोना सम्बन्धी चेतना जगाउन नेपाली र्याीपरले गाए नयाँ गीत

295

बोस्टन – अमेरिकाका नेपाली-भाषी भूटानी समाजमाझ कोरोनाभाइरसको चेतना जगाउन चर्चित र्याीपर विकास शिवाले नयाँ गीत तयार पारेका छन्।

२ मिनेट १३ सेकेन्डको गीतको आधा अंश, हात धुने, पारस्परिक दूरी कायम गर्ने, घरैमा बस्ने, साबुन-पानी, मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने, भिडमा नजाने, गलत सूचनाहरू सोसल मिडियामा नहाल्ने जानकारका कुरा सुन्ने आदि सन्देश दिइएका छन् ।

गीतका ती सन्देश भने उक्त समाजका केही कलाकार, व्यवसायी, पत्रकार आदिले दिएका छन्। उनी प्रताप सुब्बा, महेश थुलुङ्ग, अर्जुन रसाइली, अम्बर सुब्बा, विष्णु रामदाम, मनोज ढकाल, जोगेन गजमेर, भालु फुँयाल, केदार उप्रेती, सन्तोष रामदाम, र टिपी मिश्र छन्।

उनको गायनको यो गीतका शब्द आफैं सिर्जना गरेका हुन् भने रेकर्ड स्योम्योग मोथे, भिडियो सम्पादन कृष्ण घिमिरे तथा मुक्ति शर्मा, मिक्सिङ् एन्ड मास्टरिङ्ग एनके ब्रदर्श, फिचरिङ्ग सुवास तामाङ्ले गरेका छन् ।  सत्ताइस वर्षे गायक शिवाका दुई चर्चित र्‍याप गीत, भूटान १९९ ज ट्रयु बेस र रेफ्युजी आइसकेका छन्।  करिब २ वर्षको हुँदा हजारौं नेपाली(भाषी भूटानी परिवार जस्तै नेपाल आएका हुन् ।

शुरूमा ६ महिना जति बेलडाँगी र पछि खुदुनाबारीको सेक्टर ुबीुको छाप्रो नम्बर ५२ मा बसेर पुनर्स्थापनाका क्रममा सन् २०१२ फेब्रुअरीमा अमेरिका आएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here