नेकपाले बोलायो सचिवालय बैठक, बैठक आज बस्दै

136

काठमाडाैं  – चर्को दबाबपछि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको बैठक बोलाउनुभएको छ । औषधी उपकरण खरिद प्रक्रियामा सरकारको निर्णय विवादित बनेसँगै नेकपाका सचिवालय सदस्यहरूले बैठक बोलाउनुपर्ने माग गरेका थिए ।

अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को छलफलपछि सचिवालय मंगलबार सचिवालय बैठक बोलाइएको हो । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टीले सचिवालय बैठक बोलाएको जानकारी दिनुभएको हो ।

पछिल्लो पटक गत चैत ५ मा बसेको सचिवालय बैठक स्वास्थ्य सामग्री खरिद र सरकारका पछिल्ला निर्णयबारे पार्टीभित्र निकै असन्तुष्टि बढेपछि तत्काल डाकिनुपर्ने माग रहेको थियो । लकडाउनका बीच सरकारले गरेका पछिल्ला निर्णयका विषयमा पार्टी नेताहरूले सचिवालय बैठक बसाएर स्पष्ट बनाउन ओलीलाई आग्रह गरेका थिए ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल स्वास्थ्य सामग्री खरिद प्रकरणमा मुछिएपछि नेताहरूले पार्टीमा स्पष्ट पार्नुपर्ने माग राखेका छन् ।

आज मंगलबार बस्ने बैठकमा कोरोना रोकथाम र नियन्त्रणका लागि भइरहेका काम, औषधी उपकरण खरिद प्रक्रियामा विवाद र कोरोना भाइरसको बारेमा चाल्नुपर्ने कदमको बारेमा छलफल हुने वरिष्ठ नेता झलनाथ खनालले जानकारी   दिनुभयो ।       नेपाल समाचारपत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here