गृह मन्त्रालयले भन्यो – राजधानी बाहिर पठाउने कुनै निर्णय गरिएको छैन

232

काठमाडौं – राजधानी छोड्न चाहनेलाई शुक्रबार र शनिबार बाहिर जान दिने भनि संचारमाध्यममा आएका समाचारप्रति गृह मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ। यसअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको उच्चस्तरीय समिति बैठकले राजधानीमा रहेका नागरिकलाई बाहिर जान दिने निर्णय गरेको भन्ने समाचार हल्ला मात्र रहेको गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै यस्ता संचारमाध्यममा प्रसारित समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै हाल काठमाडौँमा विभिन्न कारणले रोकिएका नागरिकहरुलाई उपत्यका बाहिर पठाउने सम्बन्धमा कुनै पनि निर्णय नभएको जनाएको हो ।

प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले समेत यस्ता समाचार कसरी आयो भन्ने विषयमा आफै अचम्ममा परेको बताए । ‘उच्चस्तरीय समितिको बैठक बसेकै छैन, कसरी निर्णय भयो भनी समाचार आए, अचम्ममा परियो,’ उनले भने।

यसअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको उच्चस्तरीय समिति बैठकले आफ्नो फेसबुक पेजमा राजधानीमा रहेका नागरिकलाई भोलि र पर्सी उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय गरिएको जानकारी गराएको थियो । यो निर्णय सार्वजनिक भएको केही घण्टामा गृहले प्रेस विज्ञप्ती निकाले पछि समितिले पनि आफ्नो निर्णय सच्याएको छ । (हेर्नुस् तस्विरमा)

समितिको पेजमा अपडेट गरिएको सूचना अनुसार स्थानीय तथा प्रदेशस्तरका सरकारहरुले मान्यता नदिएका कारण यसअघिको निर्णय फिर्ता लिइएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here