काठमाडौ -सरकारले भोलि र पर्सि काठमाडौं उपत्यका छाड्न चाहनेलाई छुट दिन गरेको निर्णय रद्द गरेको छ ।
सरकारले निर्णय गरेपनि सत्तारुढ दलका प्रभावशाली नेता देखि सरकारमा रहेकाको विरोध भएपछि निर्णय उल्टाएको हो ।
लकडाउनका कारण उपत्यकाभित्र अलपत्र परेकालाई सरकारले दुई दिन जान दिने व्यवस्था गरेको विषयलाई छलफल मात्र भनिएको छ । उपत्यकामा हजारौं मानिसहरु स्थायी बसोबासको स्थान जान खोजिरहेका थिए ।


















