गर्मी मौसममा कोरोना भाइरस हराउँदैन : अमेरिकी वैज्ञानिक

94

एजेन्सी-अमेरिकाका वैज्ञानिकहरुले गर्मी मौसममा कोरोना भाइरस नहराउने  जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै गर्मी मौसम लागेसँगै कोरोनाको प्रकोप टरेर जाने दाबी गरेका थिए।

नेसनल एकेडेमी अफ साइन्सेस कमिटीले अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसलाई एक पत्र लेख्दै कोरोना भाइरस गर्मी मौसममा नहराउने जनाएका छन् । पत्रमा जाडो मौसममा जस्तै गर्मी मौसममा पनि कोरोना भाइरस सक्रिय हुने कुरा उल्लेख गरिएको छ।

त्यस पत्रमा चीनको उदाहरण प्रस्तुत गरिएको छ। पत्रमा भनिएको छ,‘चीनमा अधिकतम तापक्रम भएको स्थितीमा पनि भाइरस तीव्र रुपमा फैलियो, त्यहाँ प्रत्येक संक्रमित व्यक्तिले औसत दुई व्यक्तिमा कोरोना सारे।’

डाक्टर विलियम स्क्याफनरका अनुसार औषधि र खोप नबनुन्जेललाई कोरोना भाइरसबाट बच्न शारीरिक दुरी व्यवस्थापन गर्नु र आफ्नो सरसफाइ गर्नु नै सबैभन्दा उत्तम उपाय हो।

भ्यान्डरबिल्ट युनिभर्सिटी मेडिकल सेन्टरका डाक्टर विलियम भन्छन्,‘गर्मीले संक्रमणको खतरा कम हुने विश्वास भएता पनि हामी त्यतिमै भरपर्न सक्दैनौं। हामीले शारीरिक दुरीको नियम र कोरोनाविरुद्धका अन्य उपायहरु अबलम्ब गरिरहनुपर्छ।’

उक्त पत्रमा अस्ट्रेलिया र इरानको उदाहरण पनि उल्लेख गरिएको छ। त्यहाँ भनिएको छ,‘अस्ट्रेलिया र इरानमा यतिबेला गर्मी मौसम छ। तर त्यहाँ कोरोना संक्रमित र मृतक दर बढेको बढ्यै छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here