अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ हजारमाथि

188

एजेन्सी – अमेरिकामा कोरोना भइरस९कोभिड १९ बाट मृत्यु हुनेको संख्या १८ हजार ६८६ पुगेको छ । पछिल्लो २४ घटनामा कोरोनाबाट अमेरिकामा २ हजार ५० जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

हालसम्म अमेरिकाका ५० वटै राज्यमा कोरोना संक्रमण फैलिएको छ । एकै दिनमा ३४ हजार ६७९ जनामा संक्रमण भेटिएको छ । कोरोना संक्रमितको संख्या ५ लाख १ हजार ६४८ पुगेको छ, भने उपचारपछि निको भएकाको संखया २७ हजार २३९ जना पुगेको छ ।

अमेरिकाको न्युयोर्कमा अहिलेसम्म सबैभन्दा बढी संक्रमित देखिएका छन् । हालसम्म एक लाख ७२ हजार ३५८ जना संक्रमित भएका छन् । त्यस्तै न्यूजर्सीमा ५४ हजार ५८८ जना संक्रमित भएका छन् ।

कुन राज्यमा कति ?

न्युयोर्कमा १ लाख ७२ हजार ३५८ संक्रमितमा ७ हजार ८४४ जनाको मृत्यु ।
न्यूजर्सीमा ५४ हजार ५८८ संक्रमितमा एक हजार ९३२ जनाको मृत्यु ।
मिचिगनमा २२ हजार ७८३ संक्रमितमा एक हजार २८१ जनाको मृत्यु
क्यालिफोर्नियामा २१ हजार ७३ जना संक्रमितमा ५८४ को मृत्यु
लुसियानामा १९ हजार २५३ संक्रमितमा ७५३ को मृत्यु ।
मसाचुसेट्समा २० हजार ७९४ संक्रमितमा ५९९ को मृत्यु ।
पेन्सिलभेनियामा २० हजार ३४० संक्रमितमा ४४६ जनाको मृत्यु ।
फ्लोरिडामा १७ हजार ९६८ संक्रमितमा ४१९ को मत्यु ।
इलिनियोइसमा १८ हजार ८८७ संक्रमितमा ५९६ को मृत्यु
वाशिंटनमा १० हजार १३२ संक्रमितमा ४८२ को मृत्यु ।
कोनेक्टीकटमा १० हजार ५३८ संक्रमितमा ४४८ को मृत्यु
इन्डियानामा ६ हजार ९०७ संक्रमितमा ३०० को मृत्यु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here