काठमाडौं- नेपाल पत्रकार महासंघको अनुगमनमा कोरोना भाइरसको उच्च जोखिममा काम गरिरहेका सञ्चारकर्मीहरुलाई केही सञ्चार गृहले पारिश्रमिक नदिएको खुलेको छ। महासंघका महासचिव रमेश विष्टको नेतृत्वमा भएको अनुगमनका क्रममा लकडाउनको समयमा जोखिम मोलेर काम गरिरहेका पत्रकारहरुले सञ्चार गृहबाट सहजै पारिश्रमिक पाएको अवस्था नदेखिएको महासंघले जनाएको छ।
महासंघले श्रमजीवी पत्रकार ऐनले तोकेको अवधिभन्दा बढी काम गर्नुपर्ने अवस्था रहेको र अतिरिक्त कामको पारिश्रमिकसमेत उपलब्ध गराएको नपाइएको प्रतिवेदनमा उल्लेख गरेको छ। सञ्चारकर्मीहरुको लागि सञ्चार गृहहरुले गरिएको पूर्वसर्तकता समेत सन्तोषजनक नभएको, विशेषगरी फिल्डमा खटिने सम्वाददाता, फोटो पत्रकार र क्यामरा पर्सनहरु बढी जोखिममा रहेको, कार्यालयमा पनि आवश्यक दूरी कायम नगरिएको र कतिपय सञ्चारमाध्यमहरुमा मास्क, स्यानिटाइजर र पन्जाजस्ता अत्यावश्यक सामग्रीसमेत प्रबन्ध नगरिएको महासंघले उल्लेख गरेको छ।
लकडाउनको समयमा पनि देशका विभिन्न स्थानमा विभिन्न व्यक्ति र निकायबाट पत्रकारमाथि कुटपिट, धम्की, दुर्व्यवहार र काममा अवरोधका घटनाहरु घटेको उल्लेख गर्दै महासंघले राज्यपक्ष, राजनीतिक दल र अन्य पक्षबाट ६ वटा प्रेस स्वतन्त्रता विरोधी घटना भएको उल्लेख छ।
विज्ञप्तिकाे पूर्ण पाठ:




















