काठमाडौं बस्नेहरुलाई गाउँ नफर्कन कामनपा प्रमुखको अपिल : कुनै समस्या परे फोन गर्नु

56
काठमाडौं – काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले काठमाडौं बस्नेहरुलाई गाउँ नफर्कन आग्रह गर्दै सबै मिलेर महामारी नियन्त्रण गर्नु पर्ने जनाएका छन् ।
यो संकटको समयमा सहरबाट गाउँ नफर्कन आग्रह गर्दै कुनै समस्या परे महानगरको टोल फ्रि नंंम्बर वा आफू बसेको वडाध्यक्षसँग सम्पर्क गर्न अपिल गरेका छन् ।
नयाँ बर्षको अवसरमा एक शुभकामना बक्तव्य जारी गर्दै मेयर शाक्यले भन्नुभएको छ — कोरोना भाइरसले ल्याउन सक्ने महामारीविरुद्ध लड्न अहिले हामी सबैजना घरमै लडकडाउनको अबस्थामा छौं । यो समयमा नयाँ बर्षलाई घरमै बसेर उल्लासमय बनाउन र सरकारले जारी गरेको लकडाउनको आदेश पालना गर्न अपिल गर्दछु ।
शुभकामनामा उहाँले महानगरले गरेको कामको उल्लेख गर्दै सहरलाई निसंक्रमण बनाउन स्प्रे गरिएको, फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थालाई नियमित गरिएको, ब्रुमरले सडक बढार्ने काम भएको, सहरमा बसेर हातमुख जोर्ने समस्या भएका परिवारलाई वडाबाट राहत सामाग्री वितरण गरिएको बताउनुभएको छ । अपिलमा उहाँले महानगरबासीको सुख, शान्ति, समृद्धि र दिगो उन्नतिको कामना गर्दै भाइरसको संक्रमणबिरुद्ध लड्न सबैमा हौसला र सहास प्राप्त होस्, महामारीको जोखिमबाट चाँडै मुक्त हुन सकौं भन्ने शुभकामना दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here