स्वाइन फ्लूभन्दा १० गुणा बढी कोरोना खतरनाक : ब्लुएचओ

240

एजेन्सी – विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियेससले एक प्रभावकारी खोपले मात्रै कोरोनाभाइरसको संक्रमणलाई पूर्ण रुपमा रोक्न नसकिने जनाएका  छन् ।

डा. टेड्रोसले खोपबिना कोरोना भाइरसको संक्रमणलाई पूर्ण रुपमा कुनै पनि हालतमा रोक्न नसकिने जानकारी दिए ।

टेड्रोसले सन् २००९ को स्वाइन फ्लूको तुलनामा कोरोना भाइरस थप घातक भएको पनि जनाए  ।

उनले भने, ‘हामीलाई राम्रोसँग थाहा छ कि कोभिड–१९ तीब्र रुपमा फैलिरहेको छ । हामीलाई यो पनि थाहा छ कि यो सन् २००९ को स्वाइन फ्लूभन्दा १० गुणा बढी खतरनाक छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here