काठमाडौं – शिक्षामन्त्री गिरीराजमणी पोख्रेलले महामारीका कारण रोकिएको एसईई परिक्षा लकडाउन खुलेको ३ हप्ता पछि गर्नेगरी छलफल भईरहेको जनाएका छन् ।
नेपालमा संकटको अवश्था हेरेर जेठ सम्म परिक्षा दिलाउन सके र दशैं अगाडि पठनपाठन शुरु हुन पायो भने शैक्षिक शत्र नभत्किने मन्त्री पोखरेको धारणा रहेको छ ।
अहिले विश्वविद्यालय र सिटीइभिटीका परिक्षा पनि रोकिएका छन् । कतिपय ठाँउमा कक्षा ८ को परिक्षा पनि नभएकाले स्थानिय सरकारलाई परिक्षावारे निर्णय गर्न अनुरोध गरेको मन्त्री पोख्रेलले जनाए ।


















