चर्चित नेता पोखरेलले जनता र देश एकताबद्ध गर्न जोड

215

काठमाडाैं –  नेपाली कम्युनिष्ट आन्दोलनका चर्चित नेता तथा नेपाल कम्युनिष्ट पाटी (नेकपा)का स्थायी समिति सदस्य लिलामणि पोखरेलले पार्टी, जनता र देश एकताबद्ध गर्न आवश्यक रहेको जनाएका  छन् ।

सोमबार ल्याइएका अध्यादेश र त्यसपछि उत्पन्न परीस्थितिप्रति चिन्तित हुंदै सामाजिक संजालमा उनले भ्रम, अन्योल र निराशा रोक्न अनुरोध गरेका छन् ।

‘विश्व कोरोना संक्रमणबाट प्रताडित छ । त्यसको भयावहता नेपालले पनि महशुस गरेको छ । सरकार, पार्टी, जनता, सञ्चार, सेना, प्रहरी, पक्ष, प्रतिपक्ष सबै उदारढंगले एकताबद्धभै मानवजातिको रक्षाका निम्ति महामारी विरुद्ध लड्नु पर्ने बेला हो । लडिरहेका पनि छौ । संसद्को बैठक नजिकिदै छ । यस्तो बेलामा सरकारले दुई वटा अध्यादेश जारी गर्नुले एकता र विश्वासको वातावरणलाई खलबलाएको छ । पार्टी र देशको भविष्यलाई अन्योलतीर धकेल्दै छ । आवश्यकता, औचित्यता, सन्दर्भ र भावना प्रतिकूल जारी भएको अध्यादेशले देशमा एकताको भन्दा विपरीत फुटको सन्देश दिनुका साथै भ्रम, अन्योल र निराशा फैलाएको छ । यसलाई रोकौं । पार्टी, जनता र देशलाई एकताबद्ध गरौं, अविवेकी र मुढाग्रहि नबनौं । ’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here