देशभरि बिजुली बत्ति गइरहने बारे प्राधिकरणको यस्तो प्रस्टीकरण

1028

काठमाडौं – केही समयदेखि नेपालभरि झ्याप्प झ्याप्प बिजुली गइरहने र केही समयपछि आउने प्रक्रिया चलिरहेको छ । केही ठाउँमा भने घन्टौंसम्म पनि आउँदैन ।  मंगलबार राति आधा घन्टा बढी देशभर बत्ती गयो । कतिसम्म भने बिजुली आएको एक मिनेटमै जाने गर्छ । केही दिनअघि बिजुलीको सिस्टम नै बिग्रँदा देशभर लोडसेडिङ हुन पुगेको थियो ।

मुलुक लकडाउन भएको एक महिना पुग्यो । अहिले देशभरका उद्योग प्रतिष्ठान, कलकारखाना, कार्यालय बन्द छन् । यस्तो बेला बत्ती नजानुपर्ने हो । तर, किन छिनछिनमा बिजुली गइरहन्छ भन्ने विषयमा जनता अनभिज्ञ छन् ।

नेपाल विद्युत प्राधिकरणका सूचना अधिकारी प्रबल अधिकारीले बिद्युत किन गइरहन्छ भन्ने विषयमा सामाजिक सञ्जालमार्फत सबैलाई जानकारी गराएका छन् । उनका अनुसार अहिले हुरीबतासको मौसम भएकाले चट्याङ पर्ने, असिनापानीले समेत विद्युत प्रणालीलाई असर गर्ने गरेको छ । प्रसारण लाइनको एउटा बाटोमा अन्य विकल्प नहुँदा पनि यस्तो समस्या आउने गरेको उनको  धारणा छ । प्रतिकूल मौसमले ग्राहकको घरमा लोड विच्छेद हुँदा विद्युतगृहको पानी नै फाल्नुपरेको उनले जनाएका छन् ।

‘मौसमका कारण यी महिनाहरुमा बिद्युत प्रणालीमा गड्बड भइ सेवा प्रभाबित भैरहेको कुरालाई हामी स्वीकार्दै यो कोरोना भाइरसको लकडाउनमा समेत हाम्रा प्राबिधिक टोलीहरु पूरै फिल्डमा खटिइ रहनु भएको र बिद्युत सेवा अवरुद्ध हुँदा सकेसम्म चांडो मर्मत सम्भार गरी सेवा सुचारु गर्न प्राधिकरण हरसंभब किसिमले प्रयत्नशिल रहेको जानकारी गराउँछु,’ अधिकारीले जारी गरेको सूचनामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here