देशमा प्रथम पटक ७८ वर्षीय पुरुषमा र्‍यापिड टेष्ट पोजेटिभ

81
नवलपरासीको बर्दघाटका एक जना ७८ वर्षीय वृद्धमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) रिपोर्ट पोजेटिभ देखिएको छ । प्रदेश ५ मा र्‍यापिड टेस्टमा कोरोना संक्रमण पोजेटिभ आएको यो पहिलो पटक हो ।

बर्दघाट नगरपालिका–४ का ती ७८ वर्षीय पुरुषको र्‍यापिड टेस्ट चिसापानी सामुदायिक अस्पतालमा गरिएको थियो । दुई पटकसम्म टेस्ट गर्दा पोजेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए ।

हाल उनलाई जिल्ला पृथ्वी चन्द्र अस्पताल परासीमा भर्ना गरेर चिकित्सकहरुको निगरानीमा राखिएको छ ।उनको थ्रोट स्वाब संकलन गरी थप परीक्षणका लागि भैरहवा पठाइएको जिल्ला पृथ्वी चन्द्र अस्पताल परासीका निमित्त प्रमुख एवम् मेडिकल सुपरिटेन्डेन्ट डा। मोहम्द नरुल होदाले जानकारी दिए । डा। होदाले भने, ‘बुधबार आज दिउँसोसम्म रिपोर्ट आउँछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here