पुर्व आईजीपी सर्वेन्द्र खनाल विरुद्धको जाहेरीमा रवि लामिछानेको आक्रोश !

193

काठमाडौं / जनता समाजवादी पार्टी, नेपालका सांसदको अपहरणको अभियोग लागेका पुर्व आईजीपी सर्बेन्द्र खनाल माथि पत्रकार रबि लामिछानेले सामाजिक संजालमा कड्कीएका  छन् ।

 सामाजिक संजालमा उनले भनेका छन् ‘चितवनमा भएको घटनामा सर्वेन्द्र खनाल कै निर्देशनमा मेरो र युवराजका विरुद्ध काठमाडौमा उजुरी लिन मिल्ने,उहाँहरुको विरुद्धमा नमिल्ने ? उजुरी लिएर महोत्तरी पठाउन सकिन्छ तर उजुरी नै नलिन कसरी मिल्ला ? कानुन सानालाई मात्रै ? अराजकताको खाल्डो यति ठुलो नखान्नुस,पुरिने तापाईहरु आफै हो।’

सांसद यादव अपहरणको आरोपमा पुर्व मन्त्रि महेश बस्नेत, सांसद किसान श्रेष्ठ तथा खनाल विरुद्ध पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई लगाएत उजुरी दर्ता गर्न महानगरीय प्रहरी परिसर टेकु गएका थिए तर एसएसपी श्याम ज्ञवालीले महोत्तरीमा भएको घटनाको मुद्दा दर्ता काठमाडौँमा नहुने भन्दै फर्काएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here