काठमाडाैं – गणेशमान सिंह अध्ययन प्रतिष्ठानले माध्यमिक शिक्षा परीक्षा (एसईई) लिने प्रणालीकै अन्त्य गरिनुपर्ने जनाएको छ। कोरोनाभाइरसले अर्थतन्त्रमा पारेको प्रभावका सन्दर्भमा गठित राहत तथा आर्थिक प्रवर्द्धन प्याकेज अध्ययन समितिको अपिल जारी गर्दै प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीले एसईई सदाका लागि अन्त्य गरिनुपर्ने उल्लेख गरेका हुन्।


















