भक्तपुर – वैशाख १७ गते बुधबार मध्यपुर सञ्चार समाजले कीर्तिपुरको राष्ट्रिय आविष्कार केन्द्र बाट २ सेट पिपिई र २ सेट एभाइजर मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष कुमार श्रेष्ठ र महिला सदस्य रामकेशरी श्रेष्ठको विशेष उपस्थिति मा बालकुमारी स्वास्थ्य केन्द्र का इन्चार्ज श्याम थापालाई हस्तान्तरण गरियो ।
सञ्चार समाजका अध्यक्ष बाबुकाजी श्रेष्ठ,उपाध्यक्ष सागर गुरागाईँ,सचिव सुमन श्रेष्ठ, अाजीवन सदस्य रञ्जन प्रजापति र नेपाल कपडा तथा सिलाई व्यवसायी संघ भक्तपुरका अध्यक्ष लक्ष्मीबहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
समाजका अध्यक्षले सामग्री उपलब्ध गराउने राष्ट्रिय अाविष्कार क्न्द्र र वरिष्ठ पत्रकार नारायण सुन्दर किलम्बुलाई धन्यवाद दिनुभयाे ।


















