भारतले गुमायो वर्ल्ड बक्सिङ च्याम्पियनसिप आयोजनाको मौका

64

काठमाडौं – भारतले मेन्सवर्ल्ड बक्सिङ च्याम्पियनसिप आयोजनाको अवसर गुमाएको छ । भारतले अर्को वर्ष आयोजना हुन लागेको च्याम्पियनसिप आयोजनाको अवसर गुमाएको हो ।

अन्तर्राष्ट्रिय बक्सिङ संघ ९आइबा० ले भारतीय बक्सिङ महासंघले च्याम्पियनसिप अधिकारको शुल्क समयमै नतिरेका कारण आयोजनाको अधिकार भारतबाट खोसेर सर्बियालाई दिएको जनाएको छ । भारतीय बक्सिङ महासंघले भने आइबाले हतारमा अप्रिय निर्णय गरेको दुःखेसो गरेको छ ।

भारतीय बक्सिङ महासंघले समयमै च्याम्पियनसिपको शुल्क तिर्न नसकेको स्वीकार्दै आइबाले समयमै विवाद समाधान गर्न नसक्नु र शुल्क भुक्तानका लागि खाता उपलब्ध गराउन नसक्दा यो समस्या आएको जनाएको छ । आइबाले सन् २०१७ मा भारतसँग च्याम्पियनसिप आयोजनाको सम्झौता गरेको थियो ।

‘भारतले आयोजकको नाताले च्याम्पियनसिप आयोजनाका लागि तिर्नुपर्ने शुल्क तिर्न सकेन । च्याम्पियनसिप आयोजनाको नियमअनुसार भारतले शुल्क नतिर्दा उसको आयोजनाको अधिकार खोसिएको छ र पाँच सय डलर जरिबाना पनि गरिएको छ’, आइबाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

भारतले च्याम्पियनसिप आयोजनाका लागि ४० लाख अमेरिकी डलर शुल्क बुझाउनु पथ्र्यो । त्यो शुल्क भारतीय बक्सिङ महासंघले गत डिसेम्बर २ तारिखसम्म बुझाउनु पथ्र्यो । तोकिएको समय सीमाभित्र शुल्क बुझाउन नसकेपछि आइबाले आयोजना अधिकार खोसेको हो ।

भारतमा यो प्रतियोगिता पहिलो पटक हुन लागेको थियो । सन् २०२१ को टोकियो ओलम्पिकपछि च्याम्पियनसिप आयोजना गर्ने अभियानमा भारत जुटेको थियो । अब यो च्याम्पियनसिप अर्को वर्ष सर्बियाको बेलग्रेडमा आयोजना हुनेछ ।

’सर्बिया यो च्याम्पियनसिप आयोजनाका लागि हरतरहले सक्षम छ । च्याम्पियनसिपलाई सफल बनाउन खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी र प्रशंसक सबै लाग्नेछन् भन्ने विश्वास छ’, आइबाका अन्तरिम अध्यक्ष मोहमद मुस्ताहसेनले भने ।

आइबाको कामकारबाही अहिले अन्तरिम अध्यक्ष मोहमद मुस्ताहसेनले सम्हाल्दै आएका छन् । सन् २०१८ मा भएको निर्वाचनमा गफुर राखिमोभ निर्वाचित भएका थिए ।

उज्वेकिस्तानका व्यवसायी राखिमोभमाथि फौजदारी अभियोग लागेको भन्दै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी ९आईओसी० ले असन्तुष्टि जनाएपछि उनले राजीनामा दिएका थिए । त्यसयता मुस्ताहसेनले आइबाको नेतृत्व सम्हाल्दै आएका छन् ।

उनले च्याम्पियनसिप यसअघि नै निर्धारण गरिए पनि ओलम्पिक खेलकुद एक वर्ष पर धकेलिएका कारण मिति चाँडै नै घोषणा गरिने बताए । ‘आइबाको कार्यसमितिले आयोजक राष्ट्रसँग सल्लाह गरेर चाँडै नै च्याम्पियनसिपको मिति घोषणा गर्नेछ ।

कोरोना भाइरसको महामारी नियन्त्रणमा आएमा हामी ओलम्पिक खेलकुद लगत्तै च्याम्पियनसिप आयोजनाको मिति निर्धारण गर्ने अभियानमा छौं’, आइबाका अन्तरिम अध्यक्ष मोहमद मुस्ताहसेनले भने ।

भारतीय बक्सिङ महासंघको नेतृत्व अजय सिंहले गर्दै आएका छन् । उनी स्पाइस जेट एयरलाइन्सका मालिक पनि हुन् । अन्नपूर्ण पोष्टबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here