अमेरिकी राजदूतले अर्थर गनकाे प्रशंसा गरे

153

काठमाडौं -नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले दिवेश पोख्रेल उर्फ अर्थर गनको प्रशंसा गरेका छन्। अमेरिकी आइडलको उत्कृष्ट १० मा पर्न सफल नेपाली मुलुका गायक दिवेशको गायकीको तारिफ गर्दै बेरीले ट्वीट गरेका छन्। लेखेका छन्,’साह्रै प्रेरणात्मक।’

उनले दिवेशले जोन डेनवेरको ‘कन्ट्री रोट’लाई नेपाली लोक पप ब्यान्ड नेपथ्यको शैलीमा गाउनुलाई रोचक मानेका छन्। ट्वीटमार्फत् नै उनले दिवेशलाई बधाई तथा शुभकामना समेत दिएका छन्।

दिवेशले चर्चित गायन रियालिटी शोको टप १० मा पर्नुलाई सबैको साथ र मायाको संज्ञा दिएका थिए। सामाजिक सञ्जालमा लेखेका छन्,’सपनाभन्दा परको कुरा।’

दिवेश पाँच वर्षदेखि अमेरिकामा बस्दै आएका छन्। उनका ‘प्रलय’, ‘एक यात्रा’, ‘हाम्रो दिन’ लगायत नेपाली गीतहरु सार्वजनिक छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here