एम्बुलेन्स र मोटरसाइकल ठोकिंदा सशस्त्र प्रहरीको मृत्यु

210

काठमाडौं – कैलालीमा एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठोकिंदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा सशस्त्र प्रहरी बेस क्याम्प पहलमानपुरमा कार्यरत सहायक हवल्दार गोरख ऐर रहेको प्रहरीले जानकारी दिएको छ।

घाइते ऎरको सुखडमा रहेको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरि शरण भट्टले जानकारी दिएका छन् । भट्टका अनुसार, गौरिगंगा नगरपालिका९ ९ शंकरपुरमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ओमसाई अस्पताल धनगढीको से १ च १८२८ नम्बरको एम्बुलेन्सले बिपरित दिशाबाट आउदै गरेको म २ प ५३०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

ठक्करबाट मोटरसाइकल चालक घोडाघोडी९ १० का भरत बोहरा सामान्य घाइते भएको र उनको घोडाघोडी अस्पतालमा उपचार भैरहेको प्रहरी ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख भट्टले बताएका छन् । धनगढीबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको उक्त एम्बुलेन्स र चालक धनगढी उपमहानगरपालिका९ १० का आशाराम चौधरीलाई ईलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here