छिमेकीलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा पक्राउ

133

सुर्खेत – कुटपिट गरी घाइते बनाएको अभियोगमा राजेश बिक बिहीबार दिउँसोे पक्राउ परेका छन् । छिमेकीलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा वीरेन्द्रनगर नगरपालिका गाग्रेतालका बिकलाई प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँ बस्ने पुरुषलाई कुटपिट गरेको भन्न खबर प्राप्त हुनासाथ प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेलाई उपचारको लागि देउती नर्सिङ होम सुर्खेततर्फ पठाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here