माकुने आन्तरिक छलफलमा जुट्याे

119

काठमाडौं । सत्ता गठबन्धन टुटेको निष्कर्ष निस्किएको राजनीति र नयाँ गठबन्धनको पहल भइरहेको समयमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने आन्तरिक छलफलमा जुटेका छन्।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालीबीच छलफल भएको थियो। तर सहमति जुट्न नसकेपछि प्रचण्ड र नेपाल बाहिरिएका थिए। Mega Bank Nabail Bank बालुवाटारबाट बाहिरिएर प्रचण्ड आफ्नो निवास खुमलटार पुगेर ओली निवास बालकोट पुगेका छन्। तर, नेपाल भने पार्टीको आन्तरिक छलफलमा जुटेका छन्।

अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, महासचिव बेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला, डा विजय पौडेल लगायतका नेताहरु छलफलमा जुटेका हुन्। प्रचण्ड एमालेसँगको छलफलमा जुटेता पनि एकीकृत समाजवादीलाई भने अप्ठ्यारो देखिन्छ। एमाले विभाजनपछि यी दुवै पार्टीका नेताहरुबीच संवाद हुने गरेको पाइँदैन। एमाले र माओवादी केन्द्रका नेताहरु भने यसबीचमा पनि छलफलमा जुटेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here