चिनियाँ नागरिक र प्रहरीबीच झडपमा डिएसपीसहित ६ जना घाइते

85

काठमाडौं – लकडाउनको समयमा घर फर्कन माग गर्दै सिंहदरबारको मुख्‍य गेट अगाडि धर्ना दिन आएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ ।

शुक्रबार दिउँसो निषेधित क्षेत्रमा चिनियाँ नागरिकहरु जुलुससहित आएपछि प्रहरी र चिनियाँ  नागरिकबिच झदप भएको हो ।  सिंहदरबार अगाडिबाट साढे ३ बजे करीब २५ चिनियाँलाई पक्राउ गरिएको हो ।

 चिनियाँ  नागरिक घर जान पाउनुपर्ने माग राख्दै ‘वी वान्ट टु गो ब्यााक होम’ प्ले कार्ड बोकेर निषेधित क्षेत्र तोडी सिंहदरबारतर्फ आएका थिए । “उनीहरु निषेधित क्षेत्रतर्फ आउन थालेपछि हामीले रोक्यौँ तर उनीहरु नमानेर सिंहदरबारसम्म आए”, उहाँले भन्नुभयो, “सिंहदरबार आएर पनि हामीमाथि आक्रमण गरेपछि हामीले तिनीहरुलाई नियन्त्रण लिएका हौँ ।”

उनीहरुले प्रहरीको लाठी खोसेर तिनलाई नै हिर्काएका थिए । त्यसको जवाफमा प्रहरीले पनि उनीहरुमाथि लाठी हानेको थियो । लाठीबाट प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतको टाउकामा चोट लागेको छ । प्रहरी निरीक्षक पौडेलका अनुसार बस्नेतसहित नेपाल प्रहरीका पाँच र उनीहरुतर्फ ६ घाइते भएका छन् । पक्राउ गरी तिनीहरुलाई भुकृटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको उहाँले जानकारी दिनुभयो । प्रहरीले भद्रकालीबाट नै प्रवेश गर्न नदिए पनि उनीहरु ठेलमठेल गर्दै सिंहदरबार पुगेका थिए । पर्यटक राहदानीमा घुम्न आएका ती चिनियाँ ठमेलबाट रानीपोखरी, रत्नपार्क हुँदै सिंहदरबारतर्फको निषेधित क्षेत्रतर्फ आएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here