काठमाडौं, ११ फागुन 4 पाल्पा, रैनादेबी छहरा गाउँपालिका-३ मान्द्रेघाट बस्ने पदम बहादुर कुमालको गोठमा शनिबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ४ जनाको घर र गोठमा समेत आगलागी भएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । सुनसरी, कोशी गाउँपालिका-४ जुद्दगंज बस्ने महबुव आलमको कुखुरा फर्ममा विद्युत सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । पर्सा, बिन्दवासनी गाउँपालिका-३ झैवागुठिस्थित युबराज एकिकृत कृषि कुखुरा फर्ममा विद्युत सर्ट भई गए राति लागेको आगो फैलिएर संगै रहेका ३ वटा कुखुरा फर्ममा समेत आगलागी हुँदा करिब ४१ लाख ८५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । झापा, अर्जुनधारा नगरपालिका-९ यलम्बर चोक बस्ने मदन बस्नेतको घर भित्र रहेको किराना पसलमा विद्युत सर्ट भई शनिबार राति आगलागी हुँदा पसल र पसल भित्र रहेका सरसमानहरू जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । बागलुङ, बडीगाड गाउँपालिका-५ खौलारा बस्ने ७० वर्षीय धनेश्वर आचार्यको घरमा विद्युत सर्ट भई आइतबार बिहान आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । (समाप्त)


















