नेपाली कथानक वेब सिरिज “प्रेमरस” को फर्स्ट लूक्स सार्वजनिक

88

काठमाडौ । बिश्वभरीनै छरिएर रहेको नेपाली दर्शकको लागि दि लाइफ एक्सप्रेस मुभी मेकर्सको प्रस्तुतिमा ईन्टरनेट मार्फत नेपाली कथानक वेब सिरिज “प्रेमरस” तयार भएको छ ।

नेपालीहरुको महान चाड बडादशैँ,अस्तमीको शुभ-अवसर पारेर सोमबार बिहान एक विशेष कार्यक्रम बिच प्रेमरसको फर्स्ट लूक्स सार्बजनिक गरिएको छ।एक पोस्टरमा प्रेम वश्याल र अम्बिका अधिकारीको रोमान्टिक अदा छ भने अर्को पोस्टरमा सुमन थापा,दिनेश शाही ,उमेश मायालु,जोन क्षत्री,युवराज प्रसाईं ,समिक्षा खत्री,पुर्णिमा थामी,सोनु परियार,सोनी कडेल,अनिल के.सी.,राजु चौहान,लाल बहादुर लामा तथा रोशन कुमारलाई देख्न सकिन्छ । छिटैनै आम दर्शकको लागि युटुब मार्फत रिलिज गरेने “प्रेमरस” बिशेष युवाबर्ग लाई लक्ष्यित गरेर तयार पारिएको “प्रेमरस” मा कलेज पढ्ने ,होस्टेल बस्ने,शहरी बाताबरणमा अध्ययनरत विद्यार्थीहरुको जनजीवन ,प्रेम,रोमान्स अनि धोकाको बिषयमा निकै आकर्षक ढंगमा स्क्रीप्ट तयार पारिएको,सोही अनुरुप मेहनतका साथ फिचरिङ गरिएको लेखन तथा प्रमुख भूमिकाको पनि जिम्मेवारीको भुमिका निभाएका प्रेम वश्याल जानकारी दिएका छ्न।

प्रमुख भुमिकामा रहेका प्रेम वश्याल बलीउड बाट तालिम प्राप्त रहेका छन भने अन्य सबै थिएटरका कलाकारहरुले अभिनय गरेका “प्रेमरस” एक चलचित्रकै बराबरको मेकिङ रहेको,एक हप्ता लगाएर छायांकन गरिएको,डबिङ गरिएको शिर्ष गीत राखिएको तथा दर्शकबृन्दको लागि एक स्तरिय,सामाजिक जनचेतनामूलक ,समसामयिक तथ्य तथा समाज रुपान्तरणको लागि एक सन्तुलित आहारको साथमा प्रहार पनि रहेको प्रोजेक्टका निर्दशक रोशन कुमारले बताएका छन । अन्य कलाकारहरुमा सोनी कडेल,सुनिता बस्नेत,प्रकाश बोहोरा,अस्मिता खतिवडा ,दिलिप लिम्बू आदि रहेको सो सिरिजको छायांकन तथा सम्पादन मोहोनिस श्रेष्ठको रहेको त्यसैगरी सङीत ओम प्रकाश राई,सुर्य राई,जेबिस शाहीले दिएका छन भनी एल .बि.लामाको ब्यबस्थापनमा, श्रीङार श्रद्धा कडेल (सोनी) को ,पोशाक अदिती कलेक्सनको, लोकेसन म्यानेजमेन्ट रोयल सुतिङ स्तुडियोको रहेको “प्रेमरस”को पोस्टप्रोडक्सन ओशियन म्युजिक नेपाल तथा मनोरन्जन स्टेसनमा गरिएको छ भने पब्लिसिटी डिजाइन आरभ प्रोडक्सनले गरेका छ्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here