कोलाती युवा क्लबले भुम्लु गाउपलिकाका स्वास्थ्य चौकीमा स्वास्थ्य सामाग्री वितरण

239
काभ्रे – भुम्लु गाउपालिका वडा न. ६ कोलाती युवा क्लब, आपघाटको सहयोगमा भुम्लु गाउपालिकाका प्रमुख गुमान्धोज कुँवर , भुम्लु गाउपालिका फलाटे वडा न.७ का वडा अध्यक्ष रमेश खरेल र भुम्लु गाउपालिका कोलाती वडा न.६ का वडा अध्यक्ष भरत शिवभक्ति लाइ मार्क्स १००/१०० थान, साबुन ७५/७५ थान, सेनेटाइजर १२/१२ थान र पी.पी. इ. २/२ थान हस्तान्तरण गरेको कुरा कोलाती युवा क्लबका सयोजक सुनिल माझीले जानकारी गराउनु भयो।
उक्त जनचेतना क्रायक्रममा कोलाती युवा क्लबका सयोजक सुनिल माझी , युवा क्लबका अध्यक्ष ध्रुब माझी , उपाध्यक्ष सुरेन्द्र माझी, कोषाध्यक्ष कुल बहादुर माझी , सचिव युवराज माझी र बिकु माझी का साथै जनजाति महासंघका केन्द्रिय सदस्य सुबिन बुढामगरको पनि उपस्थिति थियो।
 काभ्रे जिल्ला अन्तर्गतको यो भुम्लु गाउपालिका अन्तर्गत पर्ने कोलाती गाउपालिकामा बसोबास गर्ने दलित तथा जनजाति जन समुदायहरु आर्थिक आयस्रोत नभएका कारण गरिबीको रेखा मुनि छन् । प्राकृतिक रुपले धनि भुम्लु गाउपालिकामा पिउने पानीको अत्यन्तै अभाब छ । सबै भन्दा बढि यो भुम्लु गाउपालिकाको पुछारमा अर्थात सुनकोशीको किनारमा बसोबास गर्ने दोलालघाटका माझि , रासपातका माझि र आपघाटका माझीहरु अत्यन्तै निम्न बर्गका छन् । यहा बसोबास गर्ने प्राय सबै रोजगारीको लागि राजधानी काठमाडौँमा आउने गर्छन। यहा बसोबास गर्ने प्राय सबै रोजगारीको लागि राजधानी काठमाडौँमा आउने गर्छन। तर यो कोरोना (कोभिड-१९) भाइरसका कारण देश लकडाउन भए पश्चात यहाँ बसोबास गर्ने माझिहरु रोजगारका लागि राजधानी काठमान्डौ आउन नपाए पछि बिहान बेलुका छाक टार्न अत्यन्तै गारो भएको जानकारी यहाँ बसोबास गर्ने स्थानीय अर्थात कोलाती वडा न. ६ आपघाट का वडा सदस्य लोक बहादुर माझीले जानकारी गराउनु भयो।
कोलाती वडा न. ६ सुनकोशीको किनारमा एउटा सानो बस्ति छ। जहा ५० घर धुरी माझीहरु मात्र बसोबास गर्छन, जसलाई आपघाट बेशिगाउ नामले परिचित छ। यो बस्तीमा भूकम्पले तहसनहस घरहरु अझै उठ्न सकेका छैनन। यहाँ पिउने पानीको अत्यन्तै दुख छ । यो बस्तिमा रहेका माझी हरुको आफ्नै रितिरिवाज सस्कृति छ। खाद्धान्नको संकट रहेको यो माझी बस्ति मानव संकटको जोखिममा रहेको छ , हेर्दा अत्यन्तै सुन्दर लाग्ने यो माझी बस्तिको संरक्षणका लागि सहयोगी मन र सरकारको ध्यान जान अत्यन्त जरुरि छ। कोलाती युवा क्लब द्रारा यो आपघाट बेशिगाउमा घर घर मा पुगी प्रत्यक घरका लागि साबुन र मार्क्स वितरण गर्नुका साथै कोरोना (कोभिड-१९) रोगका लक्ष्यण्हरु के के हुन ? र यसबाट बच्न अपनाउनु पर्ने उपायहरुको बिषयमा जनचेतना कार्यक्रम गरेको छ।
क्लबको आफ्नै बैंक खाता नभएकोले तत्काल सहयोग गर्न चाहानुहुने सहयोगी हातहरुले यसै क्लबका सयोजक तथा सल्लाकार सुनिल माझी सम्पर्क न. 9851179240 र क्लबका अध्यक्ष ध्रुब माझी सम्पर्क न. 9849344040 मा सम्पर्क गरि आर्थिक तथा भौतिक सहयोग गर्न सक्नु हुनेछ। साथै क्लबको आफ्नै Facebook page (नेपालीमा) कोलाती युवा क्लबमा सम्पर्क गरि सहयोग गर्न सक्नु हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here