विप्लव नेकपाका जिल्ला नेता पौडेल पुनः पक्राउ

357

झापा – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला स्तरीय नेता सुमनसिंह पौडेल धरौटिमा रिहा भएलगत्तै पुनः पक्राउ परेका छन् ।

झापा जिल्ला कारागार चन्द्रगढीमा रहेका पौडेल सोमवार २ लाख २५ हजार धरौटि तिरेर रिहा भएका थिए । तर रिहा भएलगत्तै उनलाई पुनः प्रहरीले पक्राउ गरेको हो । पौडेललाई सुनसरीको धरान लगिएको बुझिएको छ । उनी २०७६ पुस १२ गते नेकपाकी केन्द्रीय सदस्य तथा पूर्व मेची–कोशी व्युरो इन्चार्ज उमा भुजेलसहति सुनसरीबाट पक्राउ परेका थिए । नेतृ भुजेल कारागारमै रहेकी छिन् ।

सुनसरी जिल्ला अदालतले माघ १० गते धरौटिमा रिहा गरेलगत्तै प्रहरीले पक्राउ गरि झापा पुयाएको थियो । पौडेल पूर्व मेची–कोशी व्युरो कार्यलयका सचिव हुन् ।

त्यसअघि पुस ११ गते मोरङबाट जिल्ला ईन्चार्ज नरेश चौलागाई र क्षितिज पौडेल पक्राउ परेका थिए । पौडेल रिहा भईसकेका छन् । उनी रिहा भएलगत्तै सत्तारुढ नेकपामा प्रवेश गरेका छन् भने ईन्चार्ज चौलागाई अझै प्रहरी हिरासतमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here