नेपाली सेनाले भारतीय सेना प्रमुखको विवादास्पद अभिव्यक्तिप्रति यस्तो जवाफ

361
काठमाडौं – नेपाली सेनाले लिपुलेकको मुद्दा अरु कुनै मुलुकको इशारामा उचालेको भनेर भारतीय सेना प्रमुख मनोज नरभानेले विवादास्पद अभिव्यक्ति दिएको विषयलाई  उपयुक्त समयमा  जवाफ दिने जनाएको छ ।
नरभानेले शुक्रबार एक कार्यक्रममा बोल्दै भारतीय तीर्थयात्रीका लागि खनिएको बाटोमा कुनै पनि विवाद नरहेको पनि बताएका दाबी गरेका थिए । यस विषयमा प्रधानसेनापति पूर्णचन्द्र थापाले उपयुक्त मञ्चमा आधिकारिक धारणा व्यक्त गर्ने भनिएको छ ।
भारतले नेपाली भूमि अतिक्रमण गरेर दार्चुलामा सडक निर्माण गरेपछि नेपाली आक्रोशित छन् ।
भारतीय सेना प्रमुख नरवानेले एक कार्यक्रममा मानसरोवर जाने वास्तविक नियन्त्रित रेखा(एलएसी)लाई लिपुलेक हुँदै गएको उक्त सडकमा कुनै विरोधाभाष नभएको अभिव्यक्ति दिएपछि नेपाली सेनाको उक्त प्रतिक्रिया आएको हो । भारतले नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र अतिक्रमण गरी सडक निर्माण गरेको विषयमा नेपाल सरकारले यस विषयमा आपत्ति जनाउँदै प्रतिक्रिया दिइसकेको छ ।
यसअघि भारतले नेपालको उक्त क्षेत्रलाई आफ्नो राजनीतिक नक्सामा समावेश गरेकामा नेपाल सरकारसहित सम्पूर्ण राजनीतिक दलले उक्त नक्सा सच्याउन भारतीय सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए ।
प्रकरणपछि कालापानी नजिक सशस्त्र प्रहरी बलले बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ भने नेपाली सेनाले पनि रेकीका लागि एक विशेष टोली दार्चुला पठाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here