भारतीय अतिक्रमणमा परेको नेपाली भूमिसहितको नक्सा जारी

203
काठमाडौं  –  सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गर्ने र कूटनीतिक पहलमार्फत उक्त भूमि फिर्ता ल्याउने प्रतिबद्धता जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय सदनमा पेस गरेको वार्षिक नीति तथा कार्यक्रममै भारतीय अतिक्रमणमा परेको नेपाली भूमिसहितको नक्सा जारी गर्ने र भूमि फिर्ता ल्याउने उल्लेख गरिएको हो ।
भारतले लिपुलेक क्षेत्रमा सडक निर्माण गरेपछि भूमि फिर्ता ल्याउन दबाब बढिरहेका बेला सरकारले यस्तो प्रतिबद्धता जनाएको हो । ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि हो, त्यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गरिनेछ । तदनुरूप नै छुटेको भूमिसमेत समावेश गरी नेपालको नक्सा जारी गरिनेछ,’ नीति तथा कार्यक्रमको २६९ औं बुँदामा छ, ‘सरकार नेपालको अन्तर्राष्ट्रिय सीमाको सुरक्षा र संरक्षण गर्न प्रतिबद्ध छ ।’
नक्सा जारी गर्ने र भूमि फिर्ता ल्याउने विषयमा नीति तथा कार्यक्रम पेस गर्नुअघि शुक्रबार बिहान बसेको नेकपा सचिवालय बैठकमा नेताहरूबीच बहस भएको थियो । त्यहाँ नेकपाका नेताहरूले तत्काल लिम्पियाधुरासहितको नक्सा जारी गर्न सुझाव दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here