प्रचण्डले भने, विप्लवको बन्द वार्ताको वातावरण बनाउनकै लागि हो

74

विराटनगर- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव समूह वार्तामा आउनुको विकल्प नभएको जनाएका छन् ।

सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘राजधानीमा भएको यो बम विस्फोट, बन्द इत्यादि जे गर्नु भएको छ शायद वार्ताको वातावरण बनाउनकै लागि हो कि ? मैले चाहिँ त्यसरी बुझेको छु ।’

बम विस्फोट, बन्द लगायतका गतिविधि वार्तामा आउनु अघिको अन्तिम गतिविधि भएको उनले जनाए । वार्तामा आए प्रतिबन्ध हट्छ भन्ने प्रश्नमा यो ठूलो विषय नभएको उनले जनाए ।

एकाध बम विस्फोट हुँदैमा राजनीतिक स्थिरता डगमगाउदैन, उनले भने सबै मिलेर समृद्धि र विकासमा अगाडि बढ्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here