‘कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कार’ नारायणप्रसाद शर्मालाई

242

दाङ / यस वर्षको ‘कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कार’ बरिष्ठ पत्रकार एवं प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष नारायणप्रसाद शर्मालाई प्रदान गरिएको छ । पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ को १७ औं स्मृति दिवसका अवसरमा सोमबार दाङको घोराहीमा नेपाल पत्रकार महासंघ, प्रेस संगठन नेपाल र जनसांस्कृति महासंघद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा शर्मालाई पुरस्कार प्रदान गरिएको हो ।

प्रेस संगठन नेपाल दाङमा स्थापित ‘कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कार’ प्रगतिशील नेपालका पूर्व अध्यक्ष डा. अमर गिरीले शर्मालाई प्रदान गर्नुभएको हो । रु. १० हजार राशिको पुरस्कार हरेक वर्ष एक जना वरिष्ठ पत्रकारलाई प्रदान गरिदै आइएको छ । मुलुकको पत्रकारिताको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै शर्मालाई उक्त पुरस्कार प्रदान गरिएको हो । नेपाल पत्रकार महासंघ दाङका संस्थापक अध्यक्ष शर्मा दाङबाट प्रकाशित नयाँ युगबोध दैनिकसँग आवद्ध हुनुहुन्छ । २०२८ सालदेखि ‘नयाँ युगबोध पत्रिका’ प्रकाशन गरेर पश्चिम नेपालको पत्रकारिताको विकासका लागि भूमिका निर्वाह गर्नुभएका शर्मा प्रेस काउन्सिल नेपालको अध्यक्ष भएर काम गरिसक्नुभएको छ ।  शर्माले शिक्षण, राजनीति, पत्रकारिता, साहित्य र नागरिक आन्दोलन गरी पाँच वटा क्षेत्रमा काम गरिसक्नुभएको छ । त्यस्तै नेपाल पत्रकार महासंघ दाङमा स्थापित ‘कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कार’ नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष केएल पीडितलाई प्रदान गरिएको छ । नौलो जनउभारका पूर्व सम्पादकसमेत रहनुभएका पीडितलाई रु. १० हजार राशीको उक्त पुरस्कार प्रदान गरिएको हो ।

त्यसैगरी अखिल नेपाल जनसांस्कृतिक महासंघ दाङमा स्थापित ‘कृष्णसेन इच्छुक स्मृति साहित्यिक पुरस्कार’ बाट साहित्यकार सौगात आचार्य पुरस्कृत हुनुभएको छ । रु ५० हजार राशिको उक्त पुरस्कार कार्यक्रमका प्रमुख अतिथि डा. गिरीले आचार्यलाई प्रदान गर्नुभएको हो । वि. सं २०१३ कार्तिकमा भारतको देहरादूनमा जन्मिनुभएका इच्छुकको बाल्यकाल दाङमा बितेको थियो । लामो समयसम्म दाङको देउखुरीलाई कार्यक्षेत्र बनाउनुभएका शर्मा जनादेश साप्ताहिकको सम्पादक रहेको बेला पक्राउ पर्नुभएको थियो । प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लवमा हिरासतमा रहेका बेला विसं २०५९ जेठ १३ गते कृष्णसेन ‘इच्छुक’ को हत्या भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here