चीनमा करेन्ट लागेर नेपालीको मृत्यु

125

एजेन्सी /  चिनको देन्दाङ शहरमा करेन्ट लागेर एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा मकालु गाउँपालिका २ का अमरबहादुर खुम्बु रहेको संखुवासभाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । खुम्बु चीन सरकारको निर्माण गर्दै गरेको नयाँ निकुञ्ज भवनमा काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए। उनको उपचार गर्न खाँदबारी ल्याउने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ। खुम्बुलाई उपचार लागि खाँदबारी ल्याउँदै गर्दा भोटखोला गाउँपालिका १ मा मृत्यु भएको जनाइएको छ । आइतबार मृत्यु भएका खुम्बुको शव पोष्टमार्टमका लागि हेलिकोप्टरबाट सोमबार ११ बजे जिल्ला अस्पताल खाँदबारी ल्याइएको हो। त्यस्तै चीनको चाँगा शहरको सडकमा काम गर्न गएका सभापोखरी गाउँपालिकाका १ का मनिष गिरी घाइते भएका छन्। गिरीको सडकमा ढलान गर्न क्रममा मेशिनले दाहिने हातको सबै औला काटिएको प्रहरीले जनाएको छ। गिरीलाई उपचारका लागि हेलिकोप्टरबाट जिल्ला अस्पताल खाँदबारी ल्याइएको संखुवासभा प्रहरीले जनाएको छ। उता खुम्बुको मृत्यु शंकास्पद भएको भन्दै निष्पक्ष छानविन नभएसम्म शव नबुझ्ने परिवारको भनाइ छ। खुम्बुको शरीरमा चोटपटक र निलडाम देखिएकाले मृत्यु शंकास्पद भएको परिवारले जनाइको छ। सामान्य ढंगले हेर्दा करेन्ट लागेको जस्तो नदेखिएकाले घटनाको सत्य तथ्य नबुझिकन पोष्टमार्टम नगर्न परिवारको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here