नेपालभाषामा कविता लेखेकै कारण १८ वर्ष जेल कैद भएका युगकवि सिद्धिचरण श्रेष्ठको १०९ औं जन्मजयन्ती

998

काठमाडौं – विसं १९९५ सालमा नेपालभाषा (मातृभाषा) मा कविता लेखेको कारण १८ वर्षसम्म जेलमा परेका युवकवि सिद्धिचरण श्रेष्ठको १०९ औं जन्मजयन्ती शुक्रबार मनाएको छ ।

नेपालभाषाकाे बर्षा कवितामा  क्रान्ति बिना दैमखु थन शान्ति, यहि कवितामा भएकाले राणा शासकहरुले १८ बर्ष जेलमा परेका थिए ।

वि.सं. १९६९ साल जेठ ९ गते थौंया दिं युगकवि श्रेष्ठ ओखलढुंगामा जन्म भएको थियो । नेपालभाषाका महाकवि सिद्धिदास महाजुकाे तर्फबाट  साहित्यिक शिक्षा लिएका थिए ।स्वच्छन्दतावादी काव्यधारका प्रवर्तक समेत हुन् ।

कवि सिद्विचरणका परिवारका सदस्यहरूले काठमाडौंको न्यूरोडस्थित धर्मपथमा स्थापना गरिएकाे शालिकमा माल्यार्पण गरी १०९ औं जन्मजयन्ती मनाएको थियो ।