सहभागीता नम्बर २३ माधव बिडारी ।

80

गजल १

बाधिएथ्यौ पहिलो सामिप्यमा
त्यै नदी किनारमा
बुकि फूलको वास थियो चुमें
प्रेमले निधारमा

रमे सिमलझै हल्का स्पर्शले र
बढेँ उन्मुक्तले
बिते दिन छिट्टै लौ तिनकै प्याला
सरिका प्यारमा

सुन्छु नशा लागेन रे जादुले त्यस्तै
फेरि कहिल्यै
घरीघरी कल्पन्छु त्यो क्षण रेटिन्छ
मन सारमा

वसन्त त्यहीँ, सुवास त्यहीँ ,गयौ
हामी पात्र दुई
पुनः पुगे त्यै नदीपास सुन्दै
उनकै पुकारमा

सम्झी त्यो दिन ,भयो अनेक क्रिया
बसेर आसन
के फिर्थ्यो समय, मिलेन तृप्ती त्यो
परे संघारमा।

गजल २
#गजल#
गुलेली खाएको ढुकुरले सोच्छ मैले
प्यार पाउन सकिन
पिंजडाको सुगाले सोच्छ मैले
संसार पाउन सकिन।

मुर्तिकारले कृष्ण बनायो , यशु
र अल्लाह बनायो
इश्वरले गमेरै भन्छ मैले कहिल्यै
सार पाउन सकिन।

छोरो रहरले बन्धकी राखेर
खुसी किन्न सहर पसेको हो
आमा मृत्युसम्म सोच्छिन्
मोहजालबाट पार पाउन सकिन।

पुषमा मर्नुमा गर्व छ, मलामीले
आगो तापिरहन्छ्न्
उज्यालो दिदै सकियो मैन सोच्छ
उपहार पाउन सकिन।

महोदय कवै नसोच्नुस सांसारिक
बन्धनमा छु,जेलमा छु
स्वतन्त्र भएकै कारण जल सोच्छ
आकार पाउन सकिन ।

माधव बिडारी टाेखा १ काठमाडौं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here