काठमाडौंमा भूकम्पको धक्का महशुश

196
काठमाडौं – शनिबार काठमाडौंमा भूकम्पको धक्का महशुश भएको छ।
धादिङको सुनौलाबजार केन्द्रविन्दु बनाएर शनिबार राति भूकम्प गएको छ। भूकम्पको धक्का धादिङका विभिन्न ठाउँसहित काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार राति ९ बजेर ३६ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको हो।
सानो म्याग्निच्युडको भूकम्प भएपनि केन्द्रविन्दु नजिक भएकाले धक्का महसुस गरिएको केन्द्रले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here