कोभिड–१९ नियन्त्रणका लागि सेना परिचालन गर्ने मन्त्रिपरिषदको निर्णय

135

काठमाडौं – कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाली सेना परिचालन हुने भएको छ ।

सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाली सेना परिचालन गर्ने निर्णय गरेको हो ।
शनिबार साँझ बसेको सुरक्षा परिषद् बैठकले सेना परिचालन सम्बन्धी सिफारिस गरेको थियो ।  सिफारिस अनुसार
 लगत्तै बसेको मन्त्रिपरिषदको बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
 मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले नेपाली सेनालाई परिचालन गर्न सक्ने संवैधानिक व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here