चन्द्रागिरी नपाले थानकोट प्रहरीलाई २ थान मोटरसाइकल

156

काठमाडौं – चन्द्रागिरी नगरपालिकाले महानगरीय प्रहरी वृत्त थानकोटलाई २ थान मोटरसाइकल बिहीबार आयोजित एक कार्यक्रमबीच हस्तान्तरण गरेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चन्द्रागिरी नगरपालिकाले महानगरीय प्रहरी वृत्त थानकोटलाई २ थान मोटरसाइकल हस्तान्तरण गरेको हो ।

चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम ज्ञवाली मार्फत ४ लाख ७१ हजार ८ सय रुपैयाँ मूल्य बराबरको यामाहा कम्पनीका २ थान मोटरसाइकल महानगरीय प्रहरी वृत्त थानकोटलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा प्रहरी बरिष्ठ उपरीक्षक श्याम ज्ञवालीले समुदाय तथा स्थानीय निकायले प्रहरीलाई निश्वार्थ प्रदान गरेका श्रोतसाधनको उपयोग गरी समाजको शान्ति सुव्यवस्था, अपराध अनुसन्धान तथा नियन्त्रणमा थप प्रभावकारिता हासिल गरी समुदायलाई थप सुरक्षाको प्रत्याभूति दिलाउन मद्दत र्पुयाउने बताए । नेपाल प्रहरीको तर्फबाट कुनै पक्षपात नगरी निष्पक्ष रुपमा सांगठनिक निर्देशन बमोजिम कार्य गर्न वृत्तमा कार्यरत प्रहरी कर्मचारीहरुलाई उनले निर्देशन समेत दिए ।

उक्त अवसरमा चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले सो नगरपालिकामा शान्ति सुरक्षा व्यवस्थापन र अपराध नियन्त्रण कार्यमा थप मद्धत र्पुयाउने उद्देश्य अनुरुप महानगरीय प्रहरी वृत्त थानकोटलाई उक्त मोटरसाइकलहरु प्रदान गरिएको जनाए ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले प्राप्त मोटरसाइकलहरु नगरक्षेत्रमा प्रहरी सेवा तथा प्रहरी पहुँच यथाशीघ्र र्पुयाउनको लागि क्विक रेसपोन्स टिमको रुपमा परिचालन गरिने जानकारी गराए ।
कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका उपप्रमुख लिसा नकर्मी, उक्त नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जन, स्थानीय जनप्रतिनिधि, प्रहरी कर्मचारी एवं संचारकर्मीहरूको समेत उपस्थितिमा रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here