वि. सं. २०३१ सालमै कालापानीबाट भारतीय सेना हटाउन दरबारको प्रयास

71

काठमाडौं –  २०२६ वैशाख १७ गते नेपालको उत्तरी सिमानामा हतियार र सञ्चार उपकरणसहित बसेका भारतीय सेनाका १७ वटा पोस्ट फिर्ता पठाइए, तर २०१९ सालदेखि कालापानीमा बस्दै आएको १८ औं पोस्ट फिर्ता भएन ।

२०३२ सालमा नेपालले पहिलो पटक नयाँ नक्सा जारी गर्यो । नयाँ नक्सा जारी गर्नुअघि २०३१ सालमा दरबारले कालापानीबाट भारतीय सेना हटेकोरनहटेको विषयमा गम्भीर चासो राखेको खुलासा भएको छ ।

२०३१ सालमा दरबारले तत्कालीन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र लेखी कालापानीबाट भारतीय सेना हटेरनहटेको बारेमा जानकारी गराउन निर्देशन दिएको प्रमाण भेटिएको छ ।

दरबारको निर्देशनपछि तत्कालीन सरकारले यस विषयमा फिल्डमै गई अध्ययन गर्न एउटा टोली गठन गरेको थियो ।स्रोतका अनुसार २०३० सालमा परराष्ट्र र गृहका प्रतिनिधि पुरुषोत्तम रेग्मी र हरिप्रसाद खत्री कालापानी क्षेत्रमा गई तत्कालीन सरकारलाई झण्डै ४० पेज लामो प्रतिवेदन बुझाएको आजका नागरिक दैनिकमा खवर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here