विश्व सम्पदा सूचीमा जानकीलाई सूचीकृत गर्न आग्रह

110

काठमाडौं ।  मधेसी आयोगले जनकपुरधामस्थित जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको छ।

आयोगका अध्यक्ष विजयकुमार दत्तले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई पत्र लेख्दै जानकी मन्दिरलाई विश्व सम्पदा सुचिमा सुचिकृत गर्न आवश्यक व्यवस्था यथाशीघ्र मिलाइदिन आग्रह गरेका हुन्।

अध्यक्ष दत्तले सप्तरीस्थित सखाडेश्वरी मन्दिरको सार्वजनिक व्यवस्थापन, राजविराजस्थित राजदेवी मन्दिर (पुरातात्विक अध्ययन बाट तेस्रो सताब्दीको रहेको पत्ता लागेको) बलान-बिहुल गाउँपालिका-३ मौवाहाको करिब २ सय बर्ष पुरानो लक्ष्मीनारायण मन्दिरको आवश्यक विकास तथा व्यवस्थापनका लागि पनि मन्त्री आलेको ध्यानाकर्षण गराएका छन्।

यस्तै, धनुषा जिल्लाको धनुषाधाम, महोत्तरीको जलेश्वरनाथ, सर्लाही र रौतहट जिल्लाको मध्यमा रहेको नुनथर, बारा जिल्लाको गढीमाई, मोरङ जिल्लाको विराटनगरसहित विराट दरबार, बाँके जिल्लाको नेपालगञ्जस्थित बागेश्वरी मन्दिर सहितका सांस्कृति स्थलहरुको उचित तथा यथाशीघ्र विकास गर्न सकिएकामा सांस्कृतिक पर्यटनबाट मुलुकलाई आर्थिक बल पुग्ने अध्यक्ष दत्तले स्मरण गराएका छन्।

विभिन्न धार्मिकस्थलहरुको स्थगलत अनुगमन गरेपछि आयोगका अध्यक्ष दत्तले मन्त्री आलेलाई पत्र लेख्दै ती स्थलहरुको संरक्षण र संवर्द्धनका लागि आग्रह गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here