काेराेना संक्रमित २ जना ह्याम्स अस्पतालमा उपचाररत

63

काठमाडौं-शुक्रबार नेपालमा थप २७८ जना कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शुक्रबार काठमाडौंको एक निजी अस्पतालमा उपचारका लागि पुगेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका थिए। तर उनले अस्पतालको नाम भने भनेका थिएनन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको निकाय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौंको ह्याम्स अस्पतालमा उपचारका लागि पुगेका २ जनामा कोरोना संक्रमण देखिएको हो। उनीहरु गुल्मी र कास्कीबाट उपचारका लागि आएका बिरामी हुन्। गुल्मीका ७६ वर्षीय पुरुष र कास्कीका ६० वर्षीय पुरुष हुन्।

अस्पताल स्रोतले जनाए अनुसार एक जना बिरामीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो। उनी अस्पतालको आइसियूमा उपचाररत छन्। अर्का एक जना भने आकस्मिक कक्षमा उपचारका लागि आएका बिरामी हुन्। उनको आवश्यक परीक्षण गरी घर पठाइएको र सो क्रममा स्वाब समेत संकलन गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here